+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
166/3 (20)
Shares

२४ भदौको विध्वंस प्रतिगामी र सुनियोजित, एमाले-कांग्रेसका नेता जिम्मेवार : पूर्वराष्ट्रपति यादव

जेनजी आन्दोलनपछिका समग्र घटनाहरूलाई स्तवन्त्र तबरले नियाली रहेका यादवले यो घटना नेताहरूकै कमजोरीका कारण भएको उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १२:४१

२ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको बताएका छन् ।

जेनजी आन्दोलनपछिका समग्र घटनाहरूलाई स्तवन्त्र तबरले नियाली रहेका यादवले यो घटना नेताहरूको कमजोरीकै कारण भएको उल्लेख गरेका छन् ।

‘२४ भदौको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो । २३ भदौमा १९ जना युवाको ज्यान गयो । त्यो दिन घुसपैठ भयो भनिरहेका छन् । राज्य चलाउनेहरूलाई घुसपैठ भएको थाहा हुनुपर्थ्यो,’ अनलाइनखबरसँगको विस्तृत अन्तर्वार्तामा पूर्वराष्ट्रपति डा. यादवले भने, ‘सूचना राखेको देखिएन, जेनजीको आन्दोलनलाई हल्का ढंगले लिएको देखियो । यो त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो ।’

उनले जेनजी युवाहरूले सुशासन, रोजगारी, बेथितिको अन्त्य, सामाजिक सञ्जाल खुलाउने जस्ता मागहरू गरेको र ती माग जायज रहेको उल्लेख गरे ।

उनले जेनजीले अहिले पनि यो संविधान मार्फतै निकास निकाल्नुपर्छ भनिरहेको र यो कुरा सही रहेको उल्लेख गरे ।

‘दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति, राष्ट्रिय धरोहरलाई जसरी आक्रमण भयो, त्यो प्रतिगामी डिजाइन थियो । नेपालीले नै गरे पनि त्यो प्रतिगामी काम नै हो,’ उनले भने,’ २४ भदौको घटना सुनियोजित जस्तो देखियो । त्यसप्रति राज्य बेखबर भयो । त्यसमा राज्य चलाउनेको पूरापुर दोष छ ।’

पूर्वराष्ट्रपति यादवसँगको विस्तृत अन्तर्वार्ता आज प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?