+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकी कांग्रेसले भन्यो : चुनावअघि नियमित हुन नसके विशेष महाधिवेशनमा जाऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १६:५१
कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा ।

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको गण्डकी समितिले चुनावअघि नियमित हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने निर्णय गरेको छ ।

गत शनिबार बसेको प्रदेश समितिले गरेका निर्णयहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइएको छ ।

प्रदेश महामन्त्रीद्धय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यवाहक सभापति खड्कालाई पत्र लेखेर निर्णयहरु जानकारी गराइएका छन् ।

प्रदेश भेलाले गरेको निर्णयको पाँचौं बुँदामा भनिएको छ, ‘यदि कुनै कारणवश नियमित महाधिवेशन गर्न नसकिने अवस्था भएको हो भने पार्टी विधान बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहित माग भएको विशेष महाधिवेशन यही मंसिर मसान्तभित्र अनिवार्य सम्पन्न गरी निकास दिनुपदर्छ भन्ने यो भेला ठहर गर्दै र केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गर्दछ ।’

२८ असोजदेखि बस्न सुरु गरेको केन्द्रीय समितिको बैठकले महाधिवेशनका विषयमा हालसम्म निर्णय गर्न नसकेकोप्रति प्रदेश भेलाले चिन्ता व्यक्त गरेको छ ।

‘लामो समयसम्म अनिर्णयको बन्दी भएर बसिरहँदा तल रहेका कार्यकर्ता र शुभेच्छुकहरूमा निराश बढिरहेको देखिन्छ । यसैले अब नेपाली कांग्रेस अल्मलिनु हुँदैन, रोकिनु हुँदैन,’ भेलाको निर्णयमा भनिएको छ ।

आगामीमा चुनावमा कांग्रेस जनता सामु जाँदा परिवर्तित भएर जानुपर्नेमा केन्द्रको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?