News Summary
Generated by OK AI. Editorially reviewed.- लालीगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको फाइनलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको छ।
- गोलरक्षक अन्जल श्रेष्ठले फाइनल खेलको प्लेयर अफ द म्याच र उत्कृष्ट गोलरक्षकको उपाधि पाएका छन्।
- एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले विजयी टोली र खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको छ।
३ मंसिर, काठमाडौं । गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा लालिगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो ।
प्रतियोगितामा अन्जल फाइनल खेलको प्लेयर अफ द म्याचको साथै उत्कृष्ट गोलरक्षक घोषित भए । लालीगुराँसका आशिष गुरुङ, नव जनजागृतिका सुजन डङ्गोल र काँक्रेविहार अनीश घर्ती क्षेत्री शीर्ष गोलकर्ता घोषित भए ।
चित्लाङका शिशिर लेखी मस्ट भ्यालुएबल प्लेयर घोषित भए । नव जनजागृतिले फेयर प्लेयर अवार्ड पायो ।
विजयी टोली तथा खेलाडीलाई एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलगायतले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया 4