+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १३:५७

४ मंसिर, काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

२६ लाख १५ हजार २०६ रुपैयाँको लगानीमा हिमाली गाउँपालिका-६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्न स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई जिम्मा दिएको थियो ।

तर, निर्माण उपभोक्ता  समितिले मापदण्ड विपरीत प्रयोगमा ल्याउन नसक्ने गरी भवन तयार गरी फर्जी बिल र प्रतिवेदनका आधारमा भुक्तानी लिएको आयोगको आरोप छ ।

हाल उक्त संरचना प्रयोगविहीन भई भग्नावशेषमा परिणत हुँदा सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग भएको आयोगको आरोप छ ।

आयोगले उनीहरूविरुद्ध जनही १५ लाख ८ हजार ५५७  रुपैइयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?