News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजका पेस बलर रिजन ढकाललाई लुम्बिनी लायन्ससँगको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदा १ डिमेरिट पोइन्ट र तावनी दिइएको छ।
- म्याच रेफ्रीले रिजनलाई दिएको डिमेरिट पोइन्ट र तावनीको जानकारी सार्वजनिक गरेका छन्।
- रिजनले आफ्नो गल्ती स्वीकार गरिसकेका छन्।
५ मंसिर, काठमाडौं । चितवन राइनोजका पेस बलर रिजन ढकाललाई आचारसंहिता उल्लंघन गरेपछि एनपीएलका म्याच रेफ्रीले एक डिमेरिट पोइन्ट प्रदान गरेका छन् ।
बिहीबार भएको लुम्बिनी लायन्ससँगको खेलमा एलबीडब्लु अपिल गरेपछि अम्पायरले नटआउट दिँदा उनले निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।
सोही गतिविधिका कारण उनलाई तावनी सहित १ डिमेरिट पोइन्ट प्रदान गरिएको म्याच रेफ्रीले जनाएका छन् । रिजनले गल्ती स्वीकार पनि गरिसकेका छन् ।
खेलमा चितवन राइनोज ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया 4