६ मंसिर, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले आज काठमाडौंको भृकुटी मण्डपमा प्रदर्शनसहित जनसभा गरेको छ ।
‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ एमालेले जनसभा गरेको हो ।
जेनजी आन्दोलनमा जगमा बनेको सरकार असंवैधानिक भएको बताउँदै आएको एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको छ । त्यसकै लागि एमालेले शक्ति प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा सभा आयोजना हुनुपूर्व रत्नपार्क-भद्रकाली सडकमा एमाले नेता-कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
भृकुटीमण्डपमा भएको सभामा पूवप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र नेता शंकर पोखरेलले सम्बोधन गरेका छन् ।

प्रतिक्रिया 4