+
+
Shares

कोटेश्वरमा सहचालक बसबाट खसे, चक्काले किच्दा मृत्यु

कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १७:५९

७ मंसिर, काठमाडौं । कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ ।

जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए ।

सोही बसको टायरले कुल्चँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

अहिले उक्त बसलाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । बसका चालक भक्तपुर नगरपालिका–१० का ४२ वर्षीय महेन्द्र मकाजु प्रहरी नियन्त्रणमा छन् । मृत्यु भएका गाले पनि भक्तपुर नगरपालिका–१० कै स्थानीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?