+
+
Shares

जेनजी आन्दोलनमा लुटिएका मध्ये ८३ थान हतियार काठमाडौंबाट बरामद

लुटिएका मध्ये विभिन्न प्रकृतिका ८३ थान हतियार काठमाडौंबा फिर्ता ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् । यी हतियारहरु विभिन्न मितिमा बरामद गरिएको एसपी भट्टराईले बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा लुटिएका ८३ थान विभिन्न प्रकृतिका हतियार काठमाडौंबाट बरामद भएका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ३१ थान हतियार प्रहरीले र ५२ थान विभिन्न व्यक्तिले बुझाएको बताए।
  • बरामद हतियारमा ३०३ राइफल, चाइनिज पेस्तोल, एसएलआर राइफर, इन्सास, ग्यास गन, रिभल्वर लगायतका थुप्रै प्रकारका हतियार छन्।

९ मंसिर, काठमाडौं। जेनजी आन्दोलनको क्रममा प्रहरी तथा सुरक्षाकर्मीबाट लुटिएका हतियार मध्ये ८३ हतियार काठमाडौंबाट बरामद भएका छन् ।

लुटिएका मध्ये विभिन्न प्रकृतिका ८३ थान हतियार काठमाडौंबा फिर्ता ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् । यी हतियारहरु विभिन्न मितिमा बरामद गरिएको एसपी भट्टराईले बताएका छन् ।

जसमा प्रहरीले ३१ थान हतियार बरामद गरेको थियो भने ५२ थान हतियार प्रहरीमा विभिन्न व्यक्तिहरुले ल्याएर बुझाएका थिए ।

बरामद भएका हतियारमा ३०३ राइफल १ थान, ५४ लेखिएको चाइनिजि पेस्तोल ११ थान, ७७ लेखिएको चाइनिज पेस्तोल १ थान, ९८ एमएम पेस्ताल ११ थान, एसएलआर राइफर २ थान, इन्सास ३ थान, ग्यास गन ४ थान, पेस्तोल १ थान, ब्रेटा पेस्तोल १ थान, म्याग्नम १ थान, रिभल्वर ३ थान, लेजर गन १० थान, सर्टगन २ थान र हर्नेट १ थान गरी ५२ थान दाखिला हुन आएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?