+
+
Shares

एमाले दोलखाका पूर्वसचिव दुलाल नेपाली कम्युनिष्ट पार्टी प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले दोलखाका पूर्वसचिव भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
  • नेकपाका संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई पार्टी प्रवेश गराएका छन्।
  • दुलालले एमालेभित्र सम्भव नदेखिएकाले कम्युनिष्ट आन्दोलन एकीकृत गर्न नेकपामा आएको बताए।
  • नेकपाले दुलाललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

९ मंसिर, काठमाडौं । नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

दुलाललाई मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताएका छन् ।

सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको उनको भनाइ छ ।

पार्टी प्रवेशसँगै दुलाललाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?