News Summary
Generated by OK AI. Editorially reviewed.- वीरता जेसीजले कात्तिक २८ गतेदेखि सात चरणमा सामाजिक, शैक्षिक र जनचेतनामूलक कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न गरेको छ।
- जेसीज सप्ताहको समापन कार्यक्रममा लागूऔषध र दुव्र्यसन विरुद्ध आमाको भूमिकाबारे विशेषज्ञ जीवन भण्डारी र लीला अनमोलले प्रशिक्षण प्रदान गरेका थिए।
- समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित थिए र विभिन्न महिला उद्यमी तथा सामाजिक संस्थाका अध्यक्षहरू सहभागी थिए।
९ मंसिर, काठमाडौं। वीरता जेसीजले विभिन्न कार्यक्रममार्फत जेसीज सप्ताह सम्पन्न गरेको छ।
झापाका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गर्दै वीरता जेसीजले जेसीज सप्ताह सम्पन्न गरेको छ।
गत कात्तिक २८ गतेदेखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत सातओं चरणमा विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका हुन्।
जेसीज सप्ताहको पहिलो दिन उद्योग वाणिज्य संघको हलमा पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
दोस्रो दिन अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र ‘आफ्नो घर’ आश्रममा पौष्टिक आहार वितरण गरियो। तेस्रो चरणमा ट्राफिक सचेतना कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा सम्पन्न भयो।
चौथो कार्यक्रमअन्तर्गत गोमस्ता स्विमिङ पुलमा पौडी (स्विमिङ) प्रतियोगिता आयोजना गरियो। पाँचौँ कार्यक्रममा महेन्द्र नमुना ईङ्लिस विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना सत्र राखियो। छैटौँ कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखा र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न गरेर अघि बढाइयो। अन्तिम र सातौँ दिन लागूऔषध र दुव्र्यसन विरुद्ध आमाको भूमिकासम्बन्धी प्रशिक्षणसहित सप्ताह समापन गरिएको हो।
समापन कार्यक्रम वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित रहे।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राई वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी,छठ सेवा समिति झापाकी अध्यक्ष संगीता रौनियार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, इलाम–झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली, महिला उद्यमी संघ बिर्तामोडकी अध्यक्ष राधिका चुडाल, उद्योग वाणिज्य सङ्घ बिर्तामोडका सदस्य विपिन बजगाई मिसा पुच बिर्तामोडकी अध्यक्ष निलम प्रधान, इनरह्वील क्लब बिर्तामोडकी अध्यक्ष लुना बस्नेत, छठ महिला मञ्चकी अध्यक्ष निशा गुप्ता, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, लाइन्स क्लब अफ स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती, महिला उद्यमी संघ झापाकी वरिष्ठ उपाध्यक्ष युनिता दवाडी, पूर्व अध्यक्ष इन्दिरा खरेललगायतको सहभागिता थियो।
समापन कार्यक्रममा लागूऔषध नियन्त्रण तथा किशोर–किशोरीलाई दुव्र्यसनबाट जोगाउन आमाको भूमिकाबारे विशेषज्ञ जीवन भण्डारी र लीला अनमोलले प्रशिक्षण प्रदान गरेका थिए।
कानुनी सल्लाहकारको रूपमा आस्था बाचन अम्मरजीत साहले मन्तव्य राखेका थिए। कार्यक्रमको संयोजन कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठले र सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए। मिसन भिजन जुनियर जेसीजकी निसिम थाम्सुहाङले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।
प्रतिक्रिया 4