+
+
Shares
स्थानीय तहलाई शिक्षामन्त्री पुनको आग्रह :

‘विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिनू’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते ९:१०

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन् ।

मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने हो ।’

अहिलेसम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक अनुसार तलव खुवाएको जानकारी मन्त्रालयलाई आएको बताउँदै उनले भनेका छन्, ‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु ।’

बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्न मन्त्री पुनले भनेका छन् ।

मन्त्री पुनले स्थानीय सरकारलाई सचेत गराउन ट्रेड युनियनका नेतालाई आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?