+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।
  • पार्टीको केन्द्रीय समितिले २०८२ मंसिर ३ मा संवाद प्रगतिको आधारमा सहजीकरण गर्ने निर्णय गरेको छ।
  • कीर्तिपुर नगर समिति पार्टी विधानको धारा ७० बमोजिम विघटन गर्ने निर्णय गरिएको छ।

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान गरेको छ ।

रास्वपाको सचिवालय बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको थियो ।

त्यसआधारमा सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकिने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार पार्टीको केन्द्रीय समितिको यही ३ मंसिरमा बसेको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउनेगरी अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय समेत भएको छ ।

‘सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो’ बुर्लाकोटीले जानकारी दिए ।

बुर्लाकोटीका अनुसार यी लगायतका पाँचवटा निर्णय भएको छ ।

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो। सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो।

३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।

४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?