+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारी मुक्त

इञ्चार्जको भूमिका रहेका नेताहरूलाई निर्वाचनकेन्द्रित गतिविधिको जिम्मेवारी दिइने

विगतमा जिम्मेवारी पाएका नेताहरूलाई फिर्ता गरिए पनि प्रदेशमा नयाँ इञ्चार्ज तोकिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ।
  • प्रदेश इञ्चार्जबाट मुक्त गरिएका नेताहरूलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ।
  • खाली रहेका प्रदेश इञ्चार्ज पद केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ।

१० बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश इञ्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।

प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्य समेत हुन् । २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इञ्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ ।

प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय भएको छ ।

सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।’

विगतमा जिम्मेवारी पाएका नेताहरूलाई फिर्ता गरिए पनि केन्द्रीय सदस्यबाट हुने गरी नयाँ व्यक्तिलाई इञ्चार्ज तोकिएको भने छैन ।

रास्वपाले गत वैशाखमा सातै प्रदेशका इन्चार्ज तोकेको थियो । कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल इञ्चार्ज तोकिएको थियो ।

कोशी इञ्चार्जको जिम्मेवारीमा रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन् ।

सहमहामन्त्री विपीन आचार्यका अनुसार २१ फागुनको निर्वाचन नजिकिएकाले नेताहरूलाई चुनाव केन्द्रित क्रियाकलापमा जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?