News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले १० मंसिरमा आफ्नो ७६औ संविधान दिवस मनाएको छ।
- राष्ट्रपति द्रौपति मुर्मुले ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गर्नुभएको छ।
- अनुवादित भाषामा नेपाली, मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया छन्।
१० मंसिर, काठमाडौं। भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ ।
भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् ।
उनका अनुसार नेपाली भाषासँगै मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित प्रति जारी गरिएको हो ।
जसमा पञ्जाबी भाषाको संस्करण ५० वर्षपछि पहिलोपटक अनुवादित भई जारी छ भने बोडो र कमिरी भाषा भने पहिलो पटक भारतको संविधानमा समावेश गरिएको छ।
#WATCH | Delhi: President Droupadi Murmu releases the translated version of the Constitution in nine languages, including Malayalam, Marathi, Nepali, Punjabi, Bodo, Kashmiri, Telugu, Odia and Assamese.
(Source: PMO/YouTube) pic.twitter.com/kMFSweObCG
— ANI (@ANI) November 26, 2025
प्रतिक्रिया 4