+
+
Shares

आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १०:०४
एक सय दरका नोट । फाइल फोटो

११ मंसिर, काठमाडौं । नेपालमा आज (बिहीबार) देखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ ।

नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ ।

राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।

तत्कालीन समयमा संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो ।

यस्तो छ एक सयको नयाँ नोटको विशेषता

नोटको अग्रभागमा

  • वायाँतर्फ सगरमाथाको चित्र रहेको
  • दायाँतर्फ लागिगुराँसको पानी छाप रहेको ।
  • मध्य भागमा नेपालको नक्सा रहेको ।
  • मध्य भागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्लो रहेको र वायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिक मा मायादेवीको चित्र रहेको ।
  • २ मिलिमिटर चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको ।
  • तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
  • तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०८१ लेखिएको ।

नोटको पृष्ठ भागमा

  • मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
  • मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
  • तल्लो भागको बोर्डरमा RUPEES ONE HUNDRED लेखिएको ।
  • तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2024 A.D. एडी लेखिएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?