+
+
Shares

महाप्रसादको हस्ताक्षर भएका ३४ करोड थान १० को नयाँ नोट बजारमा

केन्द्रीय बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ३ अर्ब ४० करोड रुपैयाँ बराबरका १० को नयाँ नोट प्रयोगमा ल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट सोमबारदेखि बजारमा ल्याएको छ।
  • नयाँ नोटमा सगरमाथाको चित्र, लालीगुराँसको पानी छाप र गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर समावेश छ।
  • नोटको सिरिज नम्बर ‘वि.सं. २०८१’ र ‘२०२४ ए.डि.’ लेखिएको छ।

२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट सोमबारदेखि बजार ल्याएको छ ।

केन्द्रीय बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ३ अर्ब ४० करोड रुपैयाँ बराबरका १० को नयाँ नोट प्रयोगमा ल्याएको हो ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड थान बराबर नोट चलनचल्तीमा ल्याएको हो । केन्द्रीय बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म नोट चलनचल्तीमा ल्याएको हो । केन्द्रीय बैंकले ०००००१ देखि ९९९९९९ सम्म संकेत नम्बर भएका भने पनि प्रयोगमा भने ८००००० सम्ममात्र आएको जनाएको छ ।

१० को नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटमा गभर्नरको हस्ताक्षर रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

नोटको पछिल्लो भागको मध्य माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको मध्यभागमा कृष्णसारको चित्र र तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डि.’ लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?