काठमाडौं । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल अनियन्त्रित भई कामदारहरुलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनापछि यातायात प्रभावित भएको थियो । बिहीबार दिउँसादेखि रेलमार्गमा यातायात सामान्य रूपमा सञ्चालनमा आएको थियो ।
चीनमा अस्पष्ट कार्य–नियम तथा कमजोर सुरक्षा मापदण्डका कारण यस्ता औद्योगिक दुर्घटनाहरू बारम्बार हुने गरेको छ । दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया 4