+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
64/3 (9.6)
Shares

जसपा छाडेका यादवलाई प्रचण्डले गराए पार्टी प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अशोक कुमार यादवले जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।
  • पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रममा यादवलाई नेकपामा प्रवेश गराएका छन्।
  • यादवले जसपाको मधेश प्रदेश अध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् र नेकपामा जिम्मेवारी खुलाइएको छैन।

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई पार्टी प्रवेश गराए ।

यादवले बिहीबार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनी जसपाको मधेश प्रदेश अध्यक्ष थिए । नेकपामा उनको जिम्मेवारी खुलाइएको छैन । बिहीबार जसपाका राजेन्द्र श्रेष्ठसहितका नेता समेत नेकपामा समाहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?