+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

स्फेरिकल भ्यूमा हेर्नुस् त्रिवि क्रिकेट रंगशाला (तस्वीरहरू)

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ मंसिर ११ गते १९:५४

११ मंसिर, काठमाडौं। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको थियो । तर, विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ भने २ अंक जोडेको छ।

पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

यता, जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्‍याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

अन्तिम ओभरको दोस्रो बलम सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए ।

हेर्नुहोस्  थप तस्वीरहरू :

default
default
लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?