+
+
Shares

अनलाइनखबरकर्मी पौडेललाई सेजन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरकर्मी भुवन पौडेलले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन्।
  • सेजन अवार्ड अर्थमन्त्री रामेश्वर खनाल र उद्योगमन्त्री अनिल सिन्हाले वितरण गरेका हुन्।
  • सेजनले उत्कृष्ट आर्थिक समाचारका लागि नगदसहित अवार्ड प्रदान गर्छ।

१५ मंसिर, काठमाडौँ । अनलाइनखबरकर्मी भुवन पौडेलले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष प्रकाशित आर्थिक समाचार मध्येबाट उत्कृष्ट समाचार छनोट गरी नगदसहित अवार्ड प्रदान गर्छ ।

अनलाइनखबरकर्मी पाैडेल बैंकिङ क्षेत्रमा कमल चलाउँछन् । यस वर्ष सेजनको उक्त अवार्ड पौडेल र नयाँ पत्रिकाका पवन तिमिल्सिनाले पाए । कान्तिपुर दैनिकका विमल खतिवडाले सेजन छापा माध्यम अवार्ड प्राप्त गरे । डिजिटल अवार्ड बिजमाण्डु डटकमका सुनिल कुँवरले प्राप्त गरे ।

डा. भोला चालिसे लिवरल जर्नालिजम अवार्ड उद्धव थापा र सुनिता कार्कीले प्राप्त गरेका छन् । स्व. संजय न्यौपाने लेखनवृत्ति पुरस्कार भेषराज बेल्वासेले प्राप्त गरेका छन् । अवार्ड अर्थमन्त्री रामेश्वर खनाल र उद्योगमन्त्री अनिल सिन्हाले वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?