+
+
Shares

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण पुस ५ भित्र

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको छ।
  • केन्द्रीय कार्यसमिति बैठकले ५ पुसमा नवीकरण र नयाँ वितरण भएको क्रियाशील सदस्यताको नामावली स्वीकृत गर्ने निर्णय गरेको छ।
  • कांग्रेसले २५ मंसिर भित्र छुटेका जिल्लाले नवीकरण सूची र रकम केन्द्रमा पठाउनुपर्ने र ३ पुससम्म नामावली पठाउने अवधि तोकेको छ।

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण भएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्पूर्ण काम ५ पुसभित्र गरी सक्ने निर्णय गरेको हो ।

निर्णयमा ५ पुसमा केन्द्रबाट नवीकरण र नयाँ वितरण भएको क्रियाशील सदस्यताको नामावली स्वीकृत गर्ने अवधि तोकिएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले कार्यसमिति बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम मिति २५ मंसिर तोकेको छ ।

यस्तै पुस ८ भित्र छुट भएकाहरूको नामावली, निर्णय र रकम केन्द्रमा पठाउन सकिने निर्णयमा भनिएको छ ।

कांग्रेसले नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम मंसिर मसान्तभित्र गरी सक्ने भनेको छ ।

निर्णयमा क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि ३ पुसका लागि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?