News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्नुपर्ने भन्दै सहयोग गर्न आग्रह गरेका छन्।
- घिसिङले मुलुक परिवर्तनको संघारमा रहेकोले चुनाव अनिवार्य र निर्वाचित हुन आवश्यक रहेको बताए।
- उनले तीन मन्त्रालय सम्हालेर मन्त्री बन्नुभएको र आगामी दिनमा देशको नेतृत्व गर्नुपर्ने धारणा राखे।
१९ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्नै भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।
गृहजिल्ला रामेछाप पुगेका उनले त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै अब ऊर्जा क्षेत्र मात्र नभइ सम्पूर्ण मुलुक नै राम्रो बनाउनका लागि सहयोग गर्न अनुरोध गरे ।
उज्यालो नेपाल पार्टी गठन गरेका घिसिङ आफैं चाहिँ कार्यसमितिमा छैनन् । तर उनी आफ्ना राजनीतिक गतिविधि चाहिँ गरिरहेका छन् ।
‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। यसको नेतृत्व गर्नलाई तपाईंहरूको ठूलो साथ सहयोग आवश्यक छ,’ मन्त्री घिसिङले भने ।
उनले अहिले मुलुक परिवर्तनको संघारमा रहेकोले यसलाई संस्थागत गर्न चुनाव अनिवार्य रहेको र निर्वाचित हुन पनि आवश्यक रहेको उनको धारणा छ ।
‘मैले लामो समयसम्म विरुद्ध प्राधिकरण लगायत धेरै ठाउँमा काम गरे र एउटा नेतृत्वदायी भूमिकामा जाने मौका पाएँ । तपाईं आम जनताको साथ सहयोग सद्भाव र विश्वासको कारणले म एउटा कर्मचारीको हैसियतले अहिलेसम्म कहिँ पनि सांसद पनि जितेको छैन म कुनै इलेक्सन पनि लडेको छैन तर म एउटा मन्त्रीको रूपमा आज आएको यहाँ छु,’ उनले भने, ‘सबै जनताको विश्वास र जनताको चाहना अनुसार म एउटा मन्त्रीको रूपमा त्यो पनि तीन तीन वटा मन्त्रालय सम्हालेर आएको छु र आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ।’

देशको नेतृत्व गर्न सकेन र सहि ठाउँमा डोहोर्याउन सकेन भने एउटा क्षेत्र मात्र राम्रो भएर केही नहुने धारणा राखे ।
‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउनलाई सम्पूर्ण हजारौं लाई हटाएर उज्यालो बनाउनलाई देश को नेतृत्व नै आवश्यक छ भन्ने मलाई लाग्छ यस तर्फ तपाईंहरूको साथ सहयोगको लागि आग्रह गर्छु,’ उनले भने ।
प्रतिक्रिया 4