News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले वार्नर ब्रदर्स, एचबीओ म्याक्स र अन्य स्टुडियोहरू ८२.७ अर्ब अमेरिकी डलरमा अधिग्रहण गर्ने सम्झौता गरेको छ।
- नेटफ्लिक्सले वार्नर ब्रदर्सको फिल्म र टिभी व्यवसाय निरन्तरता दिने र सन् २०२९ सम्मको रिलिज सम्झौता कायम रहने बताएको छ।
- नेटफ्लिक्सले वार्नर ब्रदर्सको अधिग्रहणले वार्षिक २ अर्बदेखि ३ अर्ब डलर लागत बचत हुने र मनोरञ्जन उद्योग बलियो हुने अपेक्षा गरेको छ।
लस एन्जलस । नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ ।
यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ ।
८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको छ ।
वार्नर ब्रदर्सको स्ट्रिमिङ र स्टुडियो व्यवसाय खरिद गर्ने नेटफ्लिक्सको सम्झौताको घोषणा एक हप्ता लामो रस्साकस्सीपछि आएको हो । स्टुडियो किन्न डेभिड एलिसनको प्यारामाउन्ट स्काइडान्स र कमकास्ट पनि प्रतिस्पर्धामा थिए ।
वार्नर ब्रदर्सको अहिलेको संचालन र यसका फिल्मको हल रिलिजलाई पनि निरन्तरता दिने नेटफ्ल्क्सिले जनाएको छ । अहिले वार्नर ब्रदर्ससँग सन् २०२९ मा फिल्म रिलिज गर्ने सम्झौता कायमै छन् ।
यो बहुचर्चित सम्झौतापछि नेटफ्ल्क्सिका ग्राहकले वार्नर ब्रदर्सको विशाल फिल्म र सिरिजको अभिलेखमा पहुँच पाउनेछन् । यसले नेटफ्लिक्सलाई उपभोक्ताको लागि आफ्ना योजना बनाउन, हेर्ने विकल्प बढाउन र सामग्रीमा पहुँच विस्तार गर्न अनुमति दिन्छ ।
नेटफ्लिक्सले वार्नर ब्रदससँगको सम्झौता समाप्त भएको तेस्रो वर्षसम्ममा वार्षिक २ अर्बदेखि ३ अर्ब डलरको लागत बचत हुने अपेक्षा गरेको बताएको छ ।
कम्पनीहरूका अनुसार, ‘यो अधिग्रहणले नेटफ्लिक्सको नवीनता, विश्वव्यापी पहुँच र वार्नर ब्रदर्ससँगको उत्कृष्ट स्ट्रिमिङ सेवालाई संयोजन गर्दै, दुई अग्रणी मनोरञ्जन व्यवसायलाई एकसाथ ल्याउँछ ।
‘द बिग ब्याङ्ग थ्योरी’, ’द सोप्रानोस’, ’गेम अफ थ्रोन्स’, ‘द विजार्ड अफ ओज’ र डीसी युनिभर्स जस्ता रुचाइएका फ्रान्चाइजी, कार्यक्रम र चलचित्रहरू ‘वेडनेस्डे’, ‘मनी हेइस्ट’, ‘ब्रिजरटन’, ‘एडोलेसेन्स’ र ‘एक्सट्र्याक्शन’ सहित नेटफ्लिक्सको व्यापक पोर्टफोलियोमा सामेल हुनेछन्, जसले विश्वभरका दर्शकका लागि असाधारण मनोरञ्जन दिनेछ ।
डाइरेक्टर्स गिल्ड अफ अमेरिका र थिएटर-चेन ट्रेड ग्रुप सिनेमा युनाइटेड लगायत हलिउड उद्योग समूहले पनि नेटफ्लिक्सले वार्नर ब्रदर्सको अधिग्रहण गर्दा फिल्मको थिएटर व्यवसायलाई हानि पुग्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।
नेटफ्लिक्सले आफ्नो घोषणामा यो सम्झौताले “एक बलियो मनोरञ्जन उद्योग’ निर्माण गर्ने दाबी गरेको छ । कम्पनीका अनुसार, “यो अधिग्रहणले नेटफ्लिक्सको स्टुडियो क्षमतालाई बढावा दिनेछ, जसले कम्पनीलाई अमेरिकी उत्पादन क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्न र लामो अवधिमा मौलिक सामग्रीमा लगानी बढाउन जारी राख्न अनुमति दिनेछ जसले रोजगारी सिर्जना गर्नेछ र मनोरञ्जन उद्योगलाई बलियो बनाउनेछ ।
“हाम्रो लक्ष्य सधैं संसारलाई मनोरञ्जन दिनु रहेको छ’ नेटफ्लिक्सका सह-सीईओ टेड सारान्डोसले एक विज्ञप्तिमा भने ।
प्रतिक्रिया 4