+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
९४ बलमा १०८ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
22/2 (4.2)
Shares

देशको अगाडि धेरै चुनौती खडा भएको छ : दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १६:४३

२१ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरू खडा भएको बताएका छन् ।

संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा धेरै समस्या खडा भएको उल्लेख गरे । त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने समेत उनको भनाइ थियो ।

अध्यक्ष दाहालले संघीय संसद देशको मुख्य अंकमध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने उनले बताए ।

‘अहिले देशको अगाडि नै धेरै चुनौतिहरू खडा भएका छन् । यसलाई पार लगाउने जिम्मा पनि हामी हाम्रो ठाउँमा छौं । यो राज्यको मुख्य अंग भएकाले यसले गर्नुपर्ने धेरै जिम्मेवारीहरू छन् । यस जिम्मेवारीबाट पन्छिन हुन्न । यसलाई हार्दिकताका साथ स्वीकार गरेर अगाडि बढ्ने प्रेरणा मिलिराखोस्,’ उनले भने ।

उनले हरेक समस्या समाधानका लागि संघीय संसद् सचिवालयले एकतावद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने बताए ।

‘जिम्मेवारीबोध भन्ने कुरा ठूलो र सानो हुँदैन । हामीले जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्नसके सामान्य कर्मचारी पनि ठूलो बन्न पुग्छ । हामी ठूलो कुर्सीमा बसेकार जिम्मेवारी पूरा गर्न सकेनौ भने त्यो ठूलो हुन्छ भन्ने मलाई लाग्दैन,’ दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?