News Summary
Generated by OK AI. Editorially reviewed.- प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन परिचालन र वार्ता संवादका लागि जनार्दन शर्माको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ।
- पार्टीले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा राम कार्कीलाई नियुक्त गरेको छ।
- जग प्रसाद शर्माको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ।
२१ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन परिचालन तथा वार्ता संवाद सहित ३ समिति गठन गरेको छ ।
काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालन तथा वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो ।
निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको छ । उक्त समितिको सदस्यहरूमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराईसहित ४ सदस्यीय हुने अध्यक्ष परिषद् अध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।
यस्तै पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक राम कार्कीलाई तोकिएको छ ।
यो समिति सन्तोष परियार, डा. जनक शाह र मोनिका निरौलासहित ४ सदस्यीय हुने अध्यक्ष परिषद्का अध्यक्ष सोबले बताइन् ।
यस्तै जग प्रसाद शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । विधान मस्यौदा समिति कृष्ण प्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले, रुकसाना कपालीसहित पाँच सदस्यीय बनेको प्रलोपाले जनाएको छ ।

प्रतिक्रिया 4