+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १०:४६

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर २२ गते वार्तामा आउन भनेका थिए ।

यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए । सो भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई भेटेर आफ्ना भनाइ राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

सोही आग्रह अनुसार आज दिउँसो तीन बजेको समय उपलब्ध गराइएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

सरकार र प्रसाईंबीच वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?