News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाएर मंसिर २२ गते वार्तामा आउन औपचारिक आग्रह गरेको छ।
- प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्रमा हस्ताक्षर गरेका छन्।
- वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गरेका छन्।
१६ मंसिर, काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो ।
प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ ।
सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् ।
प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेको उनीनिकट स्रोतले बतायो । दुई दिनअघि नयाँ दिल्ली गएका प्रसाईं केही राजनीतिक भेटघाटको प्रयासमा रहेको स्रोतले बताएको छ । उनीनिकट नेताहरूका अनुसार प्रसाईं बुधबार नेपाल फर्किनेछन् ।
यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।
कतिपय माग संविधानसँग बाझिने खालका जटिल प्रकृतिका भएकाले गृहमन्त्री अर्यालले प्रधानमन्त्रीकै तहमा छलफल हुनपर्ने भनाइ राखेका थिए ।
सोही अनुसार प्रधानमन्त्रीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर वार्तामा बोलाएको हो । वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गरेका छन् ।
प्रतिक्रिया 4