+
+
Shares

गोवा आगलागीमा परेका नेपालीका परिवारलाई राहत दिन प्रचण्डको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:१८

२३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको खबरले स्तब्ध बनेको बताएका छन् ।

मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?