२४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का महशुल भुक्तानी लगायतका सेवाहरु तीन दिनसम्म बन्द हुने भएका छन् । यही मंसिर २६ गते शुक्रबार दिउँसो ३ बजेदेखि मंसिर २८ गते आइतबारसम्म सेवा बन्द हुने केयूकेएलले जनाएको छ ।
केयूकेएलले जारी गरेको सूचनामा लेखिएअनुसार क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने भएपछि महाराजगञ्ज र कमलादी शाखाका सफ्टवेयर एकीकरण गर्नुपर्ने भएकाले तीन दिनसम्म सेवा बन्द हुने भएको हो ।
क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा बन्द हुने र २८ गते आइतबार महशुल संकलन काउन्टर र नयाँ धारा जडान लगायतका सेवा पनि बन्द रहने सूचनामा उल्लेख छ ।
साथै शाखा एकीकरणपश्चात क्षेत्रपाटी र कमलादी शाखाका ग्राहकहरुले नयाँ ग्राहक नम्बर लिनुपर्ने छ ।

प्रतिक्रिया 4