+
+
WC Series
काठमान्डु गोर्खाज 2025
51/6 (9.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

वैदेशिक रोजगार विभागबाट १३ विचौलिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगार विभाग ताहाचलबाट १३ जना विचौलियालाई पक्राउ गरेको छ।
  • विचौलियाले वैदेशिक रोजगारका पीडितलाई न्यायका लागि विभागमा जाँदा घेराबन्दी गरी बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको हो।
  • पक्राउ परेकाले सेवाग्राहीलाई दु:ख हैरानी दिई बिचौलिया प्रयोग गर्न बाध्य बनाउने र झुट्ठा प्रलोभन देखाउने गरेको प्रहरीले बताएको छ।

२४ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा विचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

श्रम स्वीकृतीका लागि विभागमा जाने सेवाग्राहीहरुलाई दु:ख हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ ।

पक्राउ पुर्जी जारी गरिदिन सहयोग गर्ने साथै वैदैशिक रोजगार मुद्दाका संलग्नहरूलाई आफ्नो समूहले पक्राउ गरिदिने जस्ता झुट्ठा प्रलोभन देखाइ मोलमोलाइ गर्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?