+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
११४ बलमा १०१ रन आवश्यक
लुम्बिनी लायन्स 2025
11/0 (0.6)
Shares

बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पुर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १७:००

२४ मंसिर, काठमाडौं । नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ ।

समितिकै पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारूकी ७ वर्षिया छोरी अनिता थारूको जन्म दर्ता र आमाको मृत्यु दर्ता गराइएको छ ।

समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालले घटनास्थलमा पुगेर बुझ्दा मुख्य समस्या अञ्जुको छोरीको जन्म दर्ता र उनका आमाको मृत्यु दर्ता नभएको भन्ने थाहा पाएपछि त्यसलाई समाधान गरिएको बताए ।

‘हामीले आज वडा कार्यालयमै पुगेर अञ्जुको बुवाको मृत्यु दर्ता र उनको छोरीको जन्म दर्ता (अञ्जु‍को श्रीमान अनिलको नामबाट) जन्म दर्ता गरिएको छ,’ समिति सदस्य अर्यालले भने ।

‘आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरू बढैयाताल-४ मा पुगेर समग्र बस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्म दर्ता र अञ्जुकी आमाको मृत्यु दर्ता गर्ने प्रक्रिया सम्पन्न गर्‍यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउने छौं,’ अर्यालले भने ।

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पुर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ ।

बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् ।

गृह मन्त्रालयको २१ मंसिरमा सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?