+
+
WC Series
कर्णाली याक्स 2025
9/0 (2.2)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

बर्दिया घटना छानबिन गर्न समिति गठन

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियाको बढैयाताल–४ की युवतीले नागरिकता नपाएर आत्महत्या गरेको विषयमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
  • समितिको संयोजक गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी रहेका छन् र उपसचिव कुलशेखर अर्याल सदस्य छन्।
  • समितिलाई पाँच दिनभित्र निष्पक्ष र सत्यतथ्य प्रतिवेदन पेश गर्न आदेश दिइएको छ र प्रधानमन्त्रीले पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन्।

२१ मंसिर, काठमाडौं। बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न निर्देशन दिएका थिए।

मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ।

यसै घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशिला कार्की पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?