+
+
Shares

पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा समावेशी आयोगका पूर्वअध्यक्ष पनि मुछिए

तिमिल्सिना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्‍डयन प्राधिकरणले नियुक्त गरेको तत्कालीन परामर्शदाता टोली संयोजक हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १५:३१

२१ मंसिर, काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमल्सेना पनि मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायरका लागि अहिले विशेष अदालतमा फाइल पेस गरेको छ ।

स्रोतका अनुसार तिमिल्सिना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्‍डयन प्राधिकरणले नियुक्त गरेको तत्कालीन परामर्शदाता टोली संयोजक थिए । उनी सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार समेत हुन् ।

यसका साथै उड्डयन प्राधिकरणले नियुक्त गरेका तत्कालीन परामर्शदाता टोलीका सदस्य एवम् एयरपोर्ट इन्जिनयर डा. पुरूषोत्तम डंगोल, परामर्श टोलीका तत्कालीन सदस्य सेवा निवृत निर्देशक विनोदानन्द चौधरी भन्‍ने विनोदानन्द चौधरी मैथिल बाहुनविरुद्ध समेत आरोप पत्र दायर गर्ने तयारीमा  रहेको अख्तियार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?