२१ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबारे बुझ्न नपर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ ।
आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दामा तत्कालीन प्रधानमन्त्री कोइरालाबारे पनि बुझ्नुपर्ने भन्ने अख्तियारको निष्कर्ष थियो । तर, तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको भन्दै उनीबारे बुझ्न नपर्ने व्यहोरा अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
अख्तियारले तत्कालीन पाँच पूर्वमन्त्रीसहित ५६ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा लगेको छ ।
अहिले उक्त मुद्दा दर्ताको प्रक्रियामा छ । स्रोतका अनुसार, ८ अर्ब ३६ करोड बिगो मागदाबी गरेर अख्तियारले मुद्दा लगेको हो ।
यही मुद्दामा तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीलाई भने अख्तियारले प्रतिवादी बनाएको छ । उनको निधन भइसकेकाले पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा लगेको छ ।
प्रतिक्रिया 4