News Summary
Generated by OK AI. Editorially reviewed.- आउँदो शनिबार पोखराको खहरेस्थित क्लब क्याटवाकमा 'पोखरा विन्टर फेस्ट' हुने छ।
- चर्चित भारतीय गायक सञ्जु राठोडले उक्त फेस्टमा प्रस्तुति दिने भएका छन्।
- फेस्टमा एसटी म्यान र राजन केसीसहित अन्य कलाकारले पनि प्रस्तुति दिनेछन् र साँझ ८ बजे सुरु हुनेछ।
पोखरा । आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् ।
लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् ।
उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति दिन पुनः पोखरामा आउन लागेको जनाइएको छ ।
फेस्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारले प्रस्तुति दिनेछन् । र्याप भर्स र लाइभ पर्फमेन्सका लागि चर्चित एसटी म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीत चर्चित छन् ।
उदीयमान कलाकार केसीले फेस्टको सुरुआतमा प्रस्तुति दिनेछन् । फेस्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेस्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ ।
संगीत, र्याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेस्ट लाभदायी हुने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए ।
प्रतिक्रिया 4