+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सरकार जेनजी सम्झौता : सुदनलाई ‘जेठो छोरो’ भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद

‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो । म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘सबैलाई धन्यवाद दिन्छु । हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि धन्यवाद दिन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २०:३६

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग भएको सम्झौतालाई ऐतिहासिक रेकर्ड बनेको दाबी गरेकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ भएको हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् ।

सो क्रममा उनले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भन्दै सम्बोधन गरिन् ।

‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो । म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘सबैलाई धन्यवाद दिन्छु । हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि धन्यवाद दिन्छु ।’

उनले गृहमन्त्री, आईजीपीसहित उपस्थित मन्त्री लगायतका नाम लिएर धन्यवाद दिइन् ।

लगत्तै केही जेनजीहरूले सरकारसँगको उक्त सम्झौता नमान्ने भन्दै आपत्ति जनाए । केहीबेर विवाद पनि भएको थियो ।

एक जेनजीले सम्झौता नै प्रधानमन्त्रीको अगाडि च्यातिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?