+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

जेनजीसँगको सम्झौतापत्र भोलि राजपत्रमा छापिन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २०:५९

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग भएको सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने बताएकी छन् ।

बुधबार जेनजीसँगको सम्झौतापछि प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सम्झौताको यो ऐतिहासिक रेकर्डले भोलि हुने परिवर्तनलाई समेत निर्देशित गर्ने बताइन् ।

अन्य समयमा भएका संघर्ष जस्तै जेनजी संघर्षको पहिचानलाई पनि यो डकुमेन्टले बलियो बनाउने उनको भनाइ थियो ।

उनले भनिन्, ‘२३ र २४ भदौमा जे घटना घट्यो त्यसले हामीलाई अत्यन्त दुखी बनाएको छ । तर सानो आयाम थपियो । यसले हामीलाई मुस्कान चाहिँ ल्याइदियो । किनभने यो घटना एउटा ऐतिहासिक रेकर्ड बन्यो । भोलि यसलाई राजपत्रमा छापिन्छ । यो डकुमेन्ट माओवादी द्वन्द्वकालमा भएका सम्झौताहरू जस्तै र अन्य समयमा भएका राज्य र आन्दोलनकारी बीचको डकुमेन्ट जस्तै एउटा बलियो डकुमेन्ट बन्ने छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?