News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्नेछ।
- नियामक बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाको पारितपछि सेयरधनीले बैंक खातामा लाभांश पाउनेछन्।
२६ मंसिर, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको १०.५२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १०.५२६३२ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।
तर यो लाभांश करसहित हो । कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्नेछ ।
नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७२ रुपैयाँ छ ।
प्रतिक्रिया 4