+
+
Shares

आईएमई लाइफ इन्स्योरेन्सको नाफा ९ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.१७ प्रतिशतले वृद्धि भएको छ।
  • खुद प्रिमियम आम्दानी १ अर्ब १६ करोड रुपैयाँबाट १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

२५ कात्तिक, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार अघिल्लो आवको समीक्षा अवधिको तुलनामा खुद नाफा ९.१७ प्रतिशत बढेको छ । कम्पनीले पहिलो त्रैमासमा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा यस्तो नाफा १४ करोड ५० लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानीमा भएको वृद्धिले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ । खुद प्रिमियम आम्दानी पहिले १ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ५३ करोड रुपैयाँ छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले ११.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले १२.६७ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा छ । ५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको विपत्ति/प्रकोप कोषमा २७ करोड ८६ लाख सञ्चित छ ।

खुद सञ्चित नाफा ८६ करोड २६ लाख रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?