२६ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन भोलिबाट सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा महाधिवेशनको उद्घाटन सत्र हुँदैछ ।
एमालेले महाधिवेशनस्थलमा स्टेज बनाउने काम अन्तिम चरणमा पुर्याएको छ । प्राय:जसो महाधिवेशनको उद्घाटन सत्र एमालेले फरक बनाउँदै आएको छ ।
यसपटक एमालेले काठमाडौं उपत्यका मात्रै नभई देशभरका विभिन्न कला संस्कृति झल्कने गरी बनाएको छ ।
देशभरबाट राजधानीमा आइपुगेका प्रतिनिधिहरू भक्तपुरमा बन्दै गरेको उक्त स्टेजबाट उत्सुक देखिन्छन् । स्टेज व्यवस्थापनको कामको नेतृत्व पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठले गरिरहेका छन् ।
एमालेको यस पटकको यो महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।













प्रतिक्रिया 4