+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

ईभी पिकअप रिद्दाराको विशेष अफर, एक्सचेन्जमा ३ लाखसम्म लाभ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिद्दाराले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभसहित विशेष अफर सार्वजनिक गरेको छ।
  • रिद्दाराले 'टेस्ट ड्राइभ फिल थ्रिल अलडे क्याम्पियन' सञ्चालन गरिरहेको छ जसमा ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ अनुभव प्राप्त गर्न सक्नेछन्।
  • अफरमा नगद छुट, १ वर्ष निशुल्क सडक ट्याक्स र बीमा, सजिलो फाइनान्सियल सुविधा र निश्चित एक्स्चेन्ज भ्यालुएसन समावेश रहेको कम्पनीले जनाएको छ।

२६ मंसिर, काठमाडौं । ईभी पिकअप ब्रान्ड रिद्दाराले विशेष अफर सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा तथा एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभ ग्राहकले प्राप्त गर्न सक्नेछन्।

यसै अवसरमा रिद्दाराले ‘टेस्ट ड्राइभ फिल थ्रिल अलडे क्याम्पियन’ पनि सञ्चालन गरिरहेको छ । यस क्याम्पियनमा ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ मार्फत अनुभव प्राप्त गर्न सक्नेछन् ।

नेपालको विविध भाैगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको यस पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसको २ डब्लूडी भेरियन्ट सहर र हाइवेका लागि स्मुथ तथा किफायती छ भने ४ डब्लूडी भेरियन्टले कठिन भूभाग तथा अफ-रोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

यस अफर अन्तर्गत नगद छुट १ वर्ष निशुल्क, सडक ट्याक्स १ वर्ष निशुल्क, बीमा, सजिलो फाइनान्सियल सुविधा तथा निश्चित एक्स्चेन्ज भ्यालुएसन समावेश रहेको कम्पनीले जनाएको छ । देशभरका शोरूममा सीमित अवधिका लागि अफर रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?