+
+
Shares

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

आज बिहान करिब ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

रासस रासस
२०८२ मंसिर २७ गते १३:२१

२७ मंसिर, मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए ।

आज बिहान करिब ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?