+
+
Shares

गभर्नरलाई बर्खास्त गर्न जेनजी युनाइटेडको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १४:११
ज्ञापनपत्र बुझाएपछि जेनजी युनाइटेडका संयोजक जनक परियार ।
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

अर्थतन्त्रलाई चलयमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभवसमेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्ति गर्न युनाइटेडको माग छ ।

राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरविरुद्ध विभिन्न निकायका अनुसन्धान भइरहेको आरोप जेनजी युनाइटेडको छ । पौडेलको नियुक्ति नै राष्ट्र बैंक ऐनको विरुद्ध भएको जेनजी युनाइटेडका संयोजक जनक परियारले दाबी गरे ।

जेनजी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा बित्तिय संस्थाको मनपरीलाई रोक्नुपर्ने, बैदेशिक ऋणको सदूपयोग गर्नुपर्ने लगाएका माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?