News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा ब्रुअरीले 'नेभर लिभ अ बोटल बिहाइन्ड' अभियान सुरु गरी बोतल पुनः प्रयोग प्रक्रियालाई सहज बनाउन खाली सीसीसँग सहकार्य गरेको छ।
- खाली सीसीले बार र रेस्टुरेन्टहरूसँग समन्वय गरी प्रयोग भइसकेका बोतल संकलन, छुट्याउने र पुनः प्रयोग प्रक्रियामा पठाउने काम गर्नेछ।
- कम्पनीले यस अभियानले व्यवसायिक क्षेत्रमा बोतल व्यवस्थापन सुलभ हुने र गिलास ल्यान्डफिलमा कमी आउने अपेक्षा गरेको छ।
२८ मंसिर, काठमाडौं । गोरखा ब्रुअरी (काल्र्सबर्ग समूह)ले बोतलको पुनः प्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले नयाँ अभियान अघि सारेको छ ।
‘नेभर लिभ अ बोटल बिहाइन्ड’ भन्ने मुल नारासहित खाली सीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ तर्फ उन्मुख गराउने छ ।
अभियानअन्तर्गत खाली सीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका सिसाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुनः प्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
‘यो मोडेलमार्फत व्यवसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनः प्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
गोरखा ब्रुअरीका अनुसार खाली सीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमै उतारेको छ । ‘व्यवस्थित पुनः प्रयोग समाधान उपलब्ध गराएर ईएसजी लक्ष्यलाई थप मजबुत बनाउँदैछौँ र सफा–हरियो नेपाल निर्माणमा सहयोग पुर्याइरहेका छौं’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4