+
+
Shares

एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो

यसअघि पनि एमालेको पदाधिकारी संख्या १९ नै थियो । भदौमा भएको विधान महाधिवेशनले भने त्यसलाई घटाएर १५ बनाउने निर्णय लिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १४:३१
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ ।

एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो ।

अब केन्द्रीय कमिटीबाट पारित उक्त निर्णय महाधिवेशनको हलमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान संशोधन भएर बन्ने नयाँ पदाधिकारीको संख्या १९ हुनेछ ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने निर्णय भएको गौतमले जानकारी दिए ।

यसअघि पनि एमालेको पदाधिकारी संख्या १९ नै थियो । भदौमा भएको विधान महाधिवेशनले भने त्यसलाई घटाएर १५ बनाउने निर्णय लिएको थियो ।

यद्यपि अन्तिम अवस्थामा पुन: पदाधिकारी संख्या नघटाइने भएको छ । यसअघि पदाधिकारीमा रहेको वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ ।

महासचिव र उपमहासचिव यथावत राखिएको छ । दशौं महाधिवेशनमा पनि एमालेले एक जना महासचिव र ३ जना उपमहासचिव रहनेगरी पदाधिकारी बनाएको थियो ।

यसपटक उपाध्यक्षको भने संख्या घटाइएको छ । यसअघि एमालेमा ६ जना उपाध्यक्ष थिए । अब विधान संशोधनमार्फत उपाध्यक्षको संख्या ५ बनाइएको छ ।

त्यस्तै, यसअघि ७ जना रहेका सचिवको संख्या बढाएर ९ बनाइएको छ ।

एमालेका एक नेताका अनुसार, पदाधिकारीको संख्याबारे यसअघि बसेको पोलिटब्यूरो बैठकमा पनि उठेको थियो । त्यतिबेला पदाधिकारी र केन्द्रीय कमिटी नघटाउनेगरी छलफल चलेको थियो ।

आज पनि केन्द्रीय कमिटी बैठकको फ्लोर खुला हुनासाथ केही नेताहरूले विधान संशोधन हुनुपर्ने बताए ।

उक्त प्रस्तावमाथि निर्णय भएपछि इतर पक्षका नेताहरूले भने विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?