२८ मंसिर, काठमाडौ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्र देखिएको विसंगतिविरुद्ध कारबाही गर्न नसकिएको स्वीकारेका छन् ।
महाधिवेशनको बन्दसत्र हलमा विशेष समय लिएर बोलेका बडालले पार्टीभित्र बिसंगति बढेपनि कार्बाही गर्न नसकिएको बताएका हुन् ।
पार्टीभित्र अनियमितता बढिरहेको छ, वर्गका लागि काम गर्न नस्कने अवस्था आएको छ,’ बडालले भनेका थिए, ‘तर यौन हिंसाको कारबाही गर्न नसकिएको अवस्था छ ।’
यौनहिंसा जस्तो अपराधमा समेत पार्टीभित्र कारबाही गर्न नसकिने अवस्थाप्रति बडालले क्षमा मागेका छन् । ‘अनुशासन आयोगका अध्यक्षका हैसियतले मैले पार्टीभित्र बढेको विसंगतिविरुद्ध कारबाही गर्न नसकेकोमा क्षमाप्राथी छु,’ बडालले भनेका छन् ।
५५ वर्षको सक्रिय राजनीतिबाट बिदा लिन मञ्चको प्रयोग गरेका बडालले नयाँ पुस्ताप्रति आशा समेत गरे ।
‘एमालेलाई समर्थन गरेपनि अब सक्रिय राजनीतिमा रहन्नँ, पदमा रहन्नँ,’ बडालले भने, ‘मैले गर्न नसकेको काम नयाँ पुस्ताले गरोस्, पार्टीभित्रको विसंगतिविरुद्ध कारबाही चलायोस् ।’
प्रतिक्रिया 4