फाइल तस्वीर
२८ मंसिर, काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टीको हितको काममा समर्पित रहने बताए ।
एमालेको ११औं महाधिवेशनको बन्द सत्रमा बोल्दै बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् ।
‘अब पदभन्दा बाहिर रहेर, भुँइस्तरमा बसेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्छु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4