Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मनाउनेछ।
- स्थापना दिवसको अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहनेछ र विभिन्न श्रष्टाहरुलाई सम्मान गरिनेछ।
- राष्ट्रिय सभागृहमा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाउन लागेको हो ।
सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।
कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहने छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले जानकारी दिए ।
स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4