+
+
WC Series
Nepal
211/4 (20)
VS
९७ बलमा १९१ रन आवश्यक
Samoa
21/1 (3.5)
Shares

सकियो काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठक, के के भए निर्णय ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठकले १४ विभागीय र १५ वटा प्रस्ताव पारित गरेको छ।
  • बैठकले वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्दै व्यवसायिक भवन निर्माणका तीनवटा प्रस्ताव अनुमोदन गरेको छ।
  • महानगरले मालपोत कार्यालयलाई अनुदान सहयोग र स्वास्थ्य बीमा लागू केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ।

३१ असोज, काठमाडौं । १४ विभागीय र १५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक सकिएको छ ।

वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन कार्यपालिका बैठकले स्वीकृत गरेको छ ।

काठमाडौं–५ टंगालस्थित व्यवसायिक भवन निर्माण तथा सञ्चालन, काठमाडौं–१ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन काठमाडौं–१ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन् ।

कलंकी मालपोत कार्यालयलाई १० लाख रुपैयाँ र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रशासन विभागको प्रस्ताव बैठकले स्वीकृत गरेको छ ।

महानगर अस्पतालका लागि जग्गा भाडामा लिने सम्बन्धी जानकारीसमेत बैठकमा प्रस्तुत गरिएको थियो ।

सामाजिक विकास विभागका प्रस्ताव अन्तर्गत बालकल्याण अधिकारी तोक्ने र काठमाडौं महानगरपालिका सीप तथा तालिम परिषद् स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने दुई प्रस्ताव पारित भएका छन् ।

स्वास्थ्य विभागतर्फबाट काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बीचको सम्झौता नविकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गर्ने बैठकको निर्णय छ ।

कानुन तथा मानव अधिकार विभागले तयार गरेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत भएको छ भने सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित भएको छ ।

त्यस्तै सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्र अन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण माग र आवश्यकता अनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय अनुमोदन गरिएको महानगरपालिकाले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सीटीनेटद्वारा इन्डोनेसियामा आयोजना हुने ४५औँ सीटीनेट एक्जीक्युटिभ कमिटी मिटिङमा सहभागिताका लागि वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई पठाउने प्रस्ताव अनुमोदन गरेको छ ।

सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई शहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

विविध प्रस्ताव अन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि जनही २२ लाख ९९ हजार रुपैयाँका दरले अनुदान सहायता उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी  ८ हजार रुपैयाँका प्रदान गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?