+
+
Shares

सैनिक मञ्चमा ३१औं स्थापना दिवस मनाउँदै काठमाडौं महानगर, राष्ट्रपति पनि सहभागी हुने

सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ८:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मनाउनेछ।
  • स्थापना दिवसको अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहनेछ र विभिन्न श्रष्टाहरुलाई सम्मान गरिनेछ।
  • राष्ट्रिय सभागृहमा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाउन लागेको हो ।

सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहने छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?